Media Network

थप ६६० जनामा कोरोना संक्रमण पुष्टि , एकको मृत्यु


खबरस्टोरी संवाददाता

२१ श्रावण २०७९,शनिबार

काठमाडौँ ।  शनिबार ६६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १ हजार ९४२ पीसीआर तथा २ हजार ७४० एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९७१ पुगेको छ।

शनिबार ४४४ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५ हजार ६४१ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद