Media Network

देशभर ५५३ जना कोरोना संक्रमित थपिए


खबरस्टोरी संवाददाता

२२ श्रावण २०७९,आईतवार

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । कुल ३ हजार ७८९ जनाको नमुना परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पीसीआर विधिबाट भएको परीक्षणमा ४५१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १०२ जनामा संक्रमण पुष्टि भएको छ ।  

पछिल्लो २४ घण्टाको अवधिमा ४३३ जना निको भएको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमित ५ हजार ६५९ जना सक्रिय संक्रमित रहेका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद