Media Network

अमेरिकी उक्साहटले चीन–ताइवानबीच नयाँ तनाव


खबरस्टोरी संवाददाता

२४ श्रावण २०७९,मंगलवार

काठमाडौं । अमेरिकी राजनीतिज्ञ न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन र ताइवानबीच नयाँ तनाव सिर्जना भएको छ । अमेरिकी तल्लो सभाकी सभामुख न्यान्सीले चीनले आफ्नै टापुको भाग दाबी गर्दै आएको ताइवानको केही दिनअघि भ्रमण गरेपछि बेइजिङ–ताइवानबीचको सम्बन्ध चिसिएको हो । विगत २५ वर्षमा उच्चस्तरीय अमेरिकी राजनीतिज्ञको ताइवानमा पहिलो भ्रमण थियो ।  

ताइवानलाई उक्साहट गर्नका लागि अमेरिका उद्दत रहेको दाबी गर्दै चीनले ताइवान टापुको वरिपरि सैन्य अभ्यास गरिरहेको छ । ताइवान टापुको वरिपरि चीनले सैन्य अभ्यास थालेपछि बेइजिङ्–ताइवान युद्धको आशंका गरिएको छ । 

विश्व शक्ति राष्ट्र अमेरिकाको उक्साहटमा लामो समयदेखि युक्रेन–रसिया युद्ध चलिरहँदा अमेरिकी राजनीतिज्ञ न्यान्सीको ताइवान भ्रमणले चीनलाई गिजोलेको छ । चीनकै एउटा भूमी मान्दै आएको स्वशासित ताइवानको भ्रमण गरी अमेरिकाले उचाल्ने काम गरेको परराष्ट्रविद्हरु बताउँछन् । 

अमेरिकाको चीन घेर्ने रणनीति

खासमा अमेरिकाले आफ्नै एउटा प्राप्त मानेको ताइवान भने आफूलाई स्वतन्त्र राष्ट्र ठान्छ । अमेरिकाले विश्व बजारमा शक्तिशाली बन्दै आएको चीनलाई घेर्ने रणनीतिअनुसार नै चीनका छिमेकी मुलुकहरुमा पनि आर्थिक प्रलोभन देखाएर अमेरिका प्रवेश गरिरहेको छ । 


अमेरिकी दबाब र प्रभावमा परेर नेपालको संसदले गत फागुन अमेरिकी सहयोग परियोजना एमसीसी पारित गरेको थियो । जुन परियोजना अमेरिकाको इण्डो प्यासेफिक रणनीतिकै अंकका रुपमा रहेको दाबी गरिएको छ । सन् २०१९ मा अमेरिकाले इन्डो प्यासिफिक रणनीति (आईपीएस) को दस्तावेज सार्वजनिक गरेको थियो । आर्थिक सहयोगको माध्यामबाट नेपालमा एमसीसीदेखि अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि सारेपछि झस्किएको चीन अमेरिकी राजनीतिज्ञ न्यान्सीको ताइवान भ्रमणले तरंगित भएको छ ।  

ताइवान टापुको वरिपरि सैन्य अभ्यास

केही दिनयता चीनले ताइवान टापुको वरिपरि मिसाइलसहित सैन्य अभ्यासहरु गरिरहेको छ । चीनले एक दिन ताइवानलाई बल प्रयोग गरेर कब्जा गर्न आक्रमण गर्न सक्छ भन्ने सम्भावना चिनियाँ नागरिकमा देखिन्छ । 

यसले सम्भवतः दक्षिण चीन सागरमा प्रतिद्वन्द्वी दाबी गर्ने दक्षिण पूर्व एशियाली छिमेकीहरूलाई त्रसित बनाउनेछ । 

यो युद्ध खेलहरूले ताइवान र अमेरिकी सेनालाई मुख्य भूमिबाट हुने कुनै पनि आक्रमणबाट बच्न रक्षा रणनीतिहरू तयार गर्न मद्दत गरेको केही विश्लेषकहरू बताउँछन् । 

चीनले सीमापार अपराध, लागूपदार्थ, र समुद्री सुरक्षासहित अमेरिकासँगको सहयोग पनि निलम्बन गरिरहेको छ । चीनले अमेरिकासँग जलवायु परिवर्तन सहयोग निलम्बन गर्दासमेत विश्वको सबैभन्दा ठूलो कार्बन उत्सर्जन गर्नेहरू मौन रहेका छन् । 

अमेरिकी रक्षामन्त्री लोयड अस्टिन र संयुक्त चिफ अफ स्टाफका अध्यक्ष जनरल मार्क मिलिले गरेको टेलिफोनको पनि चिनियाँ पक्षबाट वेवास्ता गरिएको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

दोस्रो विश्वयुद्धपछि ताइवान चीनबाट अलग 

दोस्रो विश्वयुद्धपछि ताइवान चीनबाट अलग्गिएको थियो । त्यतिबेला चीनको मुख्य भूमिमा चिनियाँ कम्युनिष्ट पार्टीको त्यहाँको सत्तारुढ राष्ट्रवादी पार्टी (कुओमिन्ताङ) सँग लडाईँ चलिरहेको थियो ।

सन् १९४९ मा माओ त्सेतुङको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीले राजधानी बेइजिङमाथि कब्जा जमायो । त्यसपछि, कुओमिन्ताङका मानिसहरू मुख्य भूमि छोडेर ताइवानको दक्षिणपश्चिमी टापुमा गएका थिए । त्यसयता ताइवानको सबैभन्दा महत्वपूर्ण पार्टी बनेको कुओमिन्ताङले अधिकांश समय शासन गरेको छ । तर चीन मात्र होइन, विश्वका एक दर्जन देशबाहेक अरु देशहरुले समेत ताइवानलाई छुट्टै र सार्वभौमसत्ता सम्पन्न देशका रुपमा मानेका छैनन् । एक चीन नीतिमा प्रतिवद्ध रहेको नेपालले पनि ताइवानलाई छुट्टै देशका रुपमा मानेको छैन । 

(एजेन्सीहरुको सहयोगमा)


Share:
Reaction :
ताजा समाचार
खेलकुद