बीजेपी नेतृत्वको एनडीए उम्मेद्वार धनखरले ५२८ मत प्राप्त गरेका थिए भने अल्भाले १८२ मत मात्रै प्राप्त गरिन् । उनले सन् १९७७ यता भएका उपराष्ट्रपति निर्वाचनमा अहिलेसम्मकै ठूलो मतान्तरले विजयी भएका हुन् ।
प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष जेपी नड्डाले उनलाई बधाइ तथा शुभकामना दिएका छन् । धनखर बंगालका पूर्वराज्यपाल समेत हुन् ।
वर्तमान उपराष्ट्रपति वेंकैया नायडूको कार्यकाल अगस्ट १० मा समाप्त हुँदैछ । भारतमा यो पटक पहिलो जनजाति महिला हालैमात्र राष्ट्रपति पदमा निर्वाचित भएकी छन् ।