दोडा–बटोटे राष्ट्रिय राजमार्गको राजगढबाट करिब ४ किलोमिटर अगाडि बस सडकबाट चिप्लिएर पुरानो जीर्ण सडकमा खसेको हो । ३८ सिट क्षमताको बसमा ५६ जना यात्रु सवार रहेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै इण्डियन एक्सप्रेसले उल्लेख गरेको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् ।
घाइतेहरूको विभिन्न अस्पतालहरूमा उपचार भइहेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाएकाको परिवारलाई २ लाख र घाइतेलाई उपचारका लागि ५० हजार रूपैयाँ दिने घोषणा गरेका छन् ।
घुम्ति सडक र तीव्र गतिका कारण चालकले नियन्त्रण गुमाएर बस दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ । (एजेन्सी)