Media Network

जापान पुगिन पेलोसी


खबरस्टोरी संवाददाता

२० श्रावण २०७९,शुक्रबार

अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले चीनले ताइवानलाई एक्लो पार्ने प्रयास गरेको तर अमेरिकाले त्यसो हुन नदिने बताएकी छन् ।

न्यान्सी पेलोसी अहिले जापानको भ्रमणमा छिन् । जापानमा पत्रकार सम्मेलनमा उनले आफ्नो ताइवान भ्रमणबारे आफ्नो प्रतिक्रिया दिदै ताइवानलाई एक्लो पार्ने प्रयास गरेका कारण आफुले भ्रमण गरेको बताएकी छन् ।

गत मंगलबार, चीनको कडा चेतावनीको बाबजुद, पेलोसीले ताइवानको भ्रमण गरेकी थिइन् । उनी ताइवानमा २४ घण्टाभन्दा कम समय बिताएर जापान भ्रमणमा पुगेकी छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद