Media Network

नाइजेरियाका जिहादी समूहद्वारा ११ जना किसानको गोली हानी हत्या


खबरस्टोरी संवाददाता

६ आश्विन २०७९,बिहीबार

काठमाडौँ। नाइजरको दक्षिणपूर्वी क्षेत्रमा बोको हरामका संदिग्ध जिहादी लडाकूहरूले नाइजरका नौ र नाइजेरियाका दुई गरी ११ जना किसानको गोली हानी हत्या गरेका छन्।टौम्मौरबाट सात किलोमिटर टाढा बोको हराम निकट लडाकूले मङ्गलबार बिहान गोली हानेर ११ जना किसानको हत्या गरेका हुन्।

यो सहर लेक चाडको तल्लो क्षेत्र नजिकै डिफामा अवस्थित छ। यो क्यामरून, चाड, नाइजर र नाइजेरिया गरी चार देशको सीमा एकाकार हुने क्षेत्र हो।

बोको हराम र यसको प्रतिद्वन्द्वी ‘इस्लामिक स्टेट इन वेस्ट अफ्रिका प्रोभिन्स’ ले लेक चाड क्षेत्रका धेरै साना टापुहरूमा आफ्नो अखडा स्थापना गरेका छन् ।

हत्या गरिएका सबै ११ जना जङ्गलमा दाउरा काट्न गएका थिए ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद