Media Network

रुस —बुल्गेरिया कूटनीतिक सम्बन्धमा दरार


खबरस्टोरी संवाददाता

२१ श्रावण २०७९,शनिबार

मस्को। रुस र बुल्गेरियाबीचको कूटनीतिक सम्वन्धमा तनाव बढेको छ । रुसले बुल्गेरियाका १४ कुटनीतिज्ञलाई आफ्नो देश छाड्न आदेश दिएसँगै तनाब बढेको हो ।

रुसी विदेश मन्त्रालयले रुसका लागि बुल्गेरियाका राजदूतलाई मन्त्रालयमा बोलाएर १४ जनालाई देश निकाला गर्ने निर्णय भएको जानकारी गराएको थियो । 

निस्कासित गरिएका सबै जना मस्कोस्थित बुल्गेरियाको दूतावास र कन्सुलर कार्यालयमा कार्यरत थिए । 

बुल्गेरियाले रुसका ७० कुटनीतिज्ञहरुलाई देश निकाला गरेकाले जबाफमा रुसको पछिल्लो कदम आएको हो । युक्रेन युद्धपछि रुस —बुल्गेरिया कूटनीतिक सम्बन्धमा दरार आएको विज्ञहरुले बताएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद