Media Network

रुसलाई तत्काल सजाय दिइयोस – जेलेन्स्की


खबरस्टोरी संवाददाता

६ आश्विन २०७९,बिहीबार

काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई सजाय दिन राष्ट्रसंघसँग अनुरोध गरेका छन् ।

युक्रेनविरुद्ध अपराध गरिएको छ र हामी न्यायको माग गर्दछौं’,  जेलेन्स्कीले भने । रुसले  विश्व निकायको सिद्धान्तहरू उल्लंघन गरेको उनले आरोप लगाए ।जेलेन्स्कीले युक्रेनविरुद्धको आक्रमणको अपराध र जवाफदेहिता सुनिश्चित गर्न रसियाविरुद्ध विशेष न्यायाधिकरणको स्थापना गर्न आह्वान गरे । 

उनले आक्रमणको क्रममा युक्रेनीलाई क्षतिपूर्ति दिन कोषको लागि आह्वान गरे । जेलेन्स्कीले संयुक्त राष्ट्र संघलाई सुरक्षा परिषदमा रुसको भिटो शक्ति हटाउन पनि आग्रह गरे । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद