Media Network

ताइवानको तटीय क्षेत्रमा चीनले हान्यो क्षेप्यास्त्र


खबरस्टोरी संवाददाता

२० श्रावण २०७९,शुक्रबार

 चीनले ताइवान नजिकको क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको छ । चीनले ताइवानको उत्तर–पूर्व र दक्षिण–पश्चिम तटीय क्षेत्रमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको ताइवानलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चीनले पनि सैन्य अभ्यासका निमित्त उक्त क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेको छ । चीनले घोषणा गरेको ड्रिल जोनबाट उक्त प्रक्षेपण गरेको बताइएको छ । चीनको उक्त कदमलाई क्षेत्रीय शान्ति खल्बलाउने कार्यको संज्ञा दिदै ताइवानको रक्षा मन्त्रालयले प्रक्षेपणको प्रतिक्रियामा सम्बन्धित रक्षा प्रणालीहरू सक्रिय गरेको जनाएको छ ।ताइवान नजिक सैन्य अभ्यास गरिरहेको चीनले अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेर फर्केसँगै सैन्य गतिविधिलाई तीव्रता दिएको हो ।

पेलोसी बुधबार बेलुका ताइवानको भ्रमण सकेर फर्किएकी छिन् । ताइवानलाई आफ्नो अभिन्न अंग मान्दै आएको चीनले पेलोसीको भ्रमणको व्यापक विरोध गरिरहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद