Media Network

उत्तरी अष्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु, एक गम्भीर घाइते


खबरस्टोरी संवाददाता

१९ श्रावण २०७९,बिहीबार

एजेन्सी। उत्तरी अष्ट्रेलियामा गोली चल्दा तीन जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् । स्थानीय समयअनुसार बिहीबार बिहान क्वीन्सल्याण्डको बोगीमा रहेको एउटा गाईवस्तु फार्ममा गोली चलेको अधिकारीहरूले जनाएका छन् ।

क्वीन्सल्याण्ड पुलिसले ‘हत्यारा’ को खोजी गर्दै घटनास्थल वरपर घेरा हालेको छ । घटनाका दोषीको प्रहरीले अनुसन्धान सुरु गरिरहेको छ । ब्रिस्बेनबाट लगभग १२ सय किलोमिटर उत्तरमा रहेको बोगी २०० मानिस बसोबास गर्छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद