Media Network

उत्तर कोरियाको क्षेप्यास्त्र प्रहार : जापान र अमेरिकाद्वारा संयुक्त सैन्य अभ्यास


खबरस्टोरी संवाददाता

३ मंसिर २०७९,शनिबार

काठमाडौं । उत्तर कोरियाले जापानी सागरमा शुक्रबार क्षेप्यास्त्र प्रहार गरेपछि जापान र संयुक्त राज्य अमेरिकाले जापानको सागरमाथिको हवाई क्षेत्रमा संयुक्त सैन्य अभ्यास गरेको टोकियोका रक्षा अधिकारीहरूले बताएका छन् ।

उत्तरको ब्यालिस्टिक मिसाइल होक्काइडोको पश्चिममा रहेको देशको विशेष आर्थिक क्षेत्र (ईईजेड) भित्रको पानीमा खसेको बताइरहेका बेला जापानका रक्षा अधिकारीको भनाइ सार्वजनिक भएको हो । ईईजेड जापानको तटीय रेखाबाट यसको क्षेत्रीय पानीको सीमाभन्दा बाहिर २०० समुद्री माइलसम्म फैलिएको छ ।

जापान वरपर बढ्दो गम्भीर सुरक्षा वातावरणबीच जापान सेल्फ डिफेन्स फोर्स र अमेरिकी सशस्त्र बलहरूले द्विपक्षीय अभ्यास गरे, जापानी रक्षा मन्त्रालयद्वारा वितरित जोइन्ट स्टाफको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ,, ‘जापानको समुद्रमा विशेष आर्थिक क्षेत्रभित्र उत्तर कोरियाको आईसीबीएम ब्यालेस्टिक मिसाइल प्रक्षेपण प्रहार भएपछि यो रणनीतिक हवाई अभ्यास गरिएको हो ।’


Share:
Reaction :
ताजा समाचार
खेलकुद