Media Network

एन्फा विवादः जर्मन नागरिक पाण्डेको बर्खास्त गर्न माग


खबरस्टोरी संवाददाता

५ श्रावण २०७९,बिहीबार

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को विदेश विभाग प्रमुख (अन्तर्राष्ट्रिय) मा नियुक्त भएका नविन पाण्डेको तत्काल बर्खास्त गर्न माग गर्दै वरिष्ठ उपाध्यक्ष विर बहादुर खड्का र उपाध्यक्ष विराटजंघ शाहीले चर्को विरोधका साथ निवेदन दिएका छन् । 

ललितपुरस्तिथ बिहीबार बसेको दोस्रो कार्यसमिति बैठक एजेन्डामा प्रवेश नगर्दै स्थगित गरिएको हो । पहिलो बैठकमा विवादित बनेको निर्णय सच्चाउन कार्यसमितिका १२ सदस्यले माग गरेपछि अध्यक्ष पंकजविक्रम नेम्बाङले बैठक स्थगित गरेका थिए । 

यसपछि वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्का (बच्चु) सहित १२ सदस्यले हस्ताक्षर सहित पाण्डेको बर्खास्त गर्न महासचिव किरण राईलाई पत्र बुझाएका हुन् । हाल एन्फाको कार्यसमितिमा २१ मध्य १९ रहेका छन् । दुई जनाको भने टुंगो लाग्न बाँकी छ । 

पहिलो निर्णय नै त्रुटिपूर्ण ढंगले अर्थात् प्रक्रिया पूरा नगरि पहिलो बैठकले पाण्डेलाई दोस्रो पटक एन्फाको अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त गरेको थियो । तर, यसपछि यस विषय निकै विवादित बनेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद