Media Network

नेपाललाई यूएईले दियो १९२ रनको लक्ष्य


खबरस्टोरी संवाददाता

३० कार्तिक २०७९,बुधबार

काठमाडौं । तीन खेलको एकदिवसीय शृंखलाअन्तर्गत दोस्रो खेलमा बुधबार नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) बाट १९२ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा आएको यूएईले ४३.२ ओभरमा सबै विकेट गुमाएर १९१ रनको योगफल खडा ग¥यो । 

यूएईलाई कम योगफलमै रोक्न नेपालका सोमपाल र ललितले समान तीन विकेट लिए । १० ओभरमा ललितले ४१ रन खर्चिदा सोमपालले ७.२ ओभरमा ३५ रन दिए । यसबाहेक, करण केसी, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले पनि एक–एक विकेट लिए । 

यूएईका ओपनर मुहम्मद वसिमले ५० रन बनाए । वसिमले ४६ बलमा तीन चौका र चार छक्का प्रहार गरे । अलिसन सराफुले ३५, भ्रित्या अरविन्दले २५, बसिल हमेदले २४, कप्तान सिपी रिजवानले २२ र विष्णु सुकुमारनले १५ रन जोडे ।

यूएई तीन खेलको एकदिवसीय शृंखलाका लागि नेपाल आएको हो । यसअघि सोमबार भएको पहिलो खेलमा नेपाल पाहुना टोलीसँग ८४ रनले पराजित भएको थियो । 

शृंखलाको अन्तिम खेल मंसिर २ गते हुनेछ । शृंखलाको ‘प्लेयर अफ दी म्याच’ ले २० हजार र ‘प्लेयर अफ दी टुर्नामेन्ट’ ले ५० हजार रुपैयाँ पाउनेछन् । शृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले टिकट मूल्य २०० रुपैयाँ राखेको ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद