प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल फेसबुकमार्फत कप्तान पौडेललाई बधाइ दिएका हुन् ।
उनले बधाई दिँदै पौंडेलको नेतृत्वमा नेपाली क्रिकेटले अझै सफलता हासिल गर्ने बताएका छन् । उनले लेखेका छन्,’नेपाली क्रिकेट टोलीको कप्तानमा नियुक्त हुनु भएकोमा रोहित पौडेलजीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
तपाईको नेतृत्वमा नेपाली क्रिकेटले अझै सफलता हासिल गर्नेछ ।’