Media Network

साफ यु २० च्याम्पियनसिप: भारतलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा नेपाल


खबरस्टोरी संवाददाता

१५ श्रावण २०७९,आईतवार

काठमाडौं। साफ यु-२० च्याम्पियनसिपको तेस्रो खेलमा आइतबार घरेलु टोली भारत र नेपाल भिड्दै छन् ।

भारतको भुवनेश्वरस्थित कालिङ्ग रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ । भारतको सामना गर्दा नेपाल जितसहित फाइनलमा स्थान सुरक्षित गर्न  चाहन्छ ।  पाँच राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा लगातार तीन खेल जित्दै बंगलादेश यसअघि नै फाइनल प्रवेश गरिसकेको छ ।

शीर्ष स्थानको बंगलादेशको नौ अंक छ । दुई खेलमा ६ अंक जोड्दै दोस्रो स्थानमा बसेको नेपाल र समान खेलमा तीन अंकसहित तेस्रो स्थानमा बसेको भारत फाइनलको दौडमा रहेका छन् । माल्दिभ्स र श्रीलंकाको फाइनल प्रवेश सम्भावना भने अन्त्य भइसकेको छ ।

नेपालका प्रशिक्षक मेघराज केसीले आफुहरुले पछिल्लो दुई खेलमा निकालेको सहज जितले टोलीको मनोबल बढेकाले भारतविरुद्ध उत्कृष्ट प्रदर्शनका साथै  सुखद नतिजा ल्याउने जानकारी गराए । 

भारतलाई हराएमा नेपालले शीर्ष दुईमा स्थान पक्का गर्दै फाइनलमा प्रवेश गर्नेछ । भारतसँग हार वा बराबरीको नतिजाले  नेपालको फाइनल यात्रा बंगलादेशविरुद्ध मंगलबार हुने अन्तिम खेलले मात्र निर्धारण गर्नेछ । 

साफ यु २० च्याम्पियनसिप टोली:

गोलकिपरः ईश्वर गुरुङ, उनेस चौधरी, जियारत शेख

रक्षकः अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा

मिडफिल्डरः आयुश घलान  (कप्तान),दिपेश गुरुङ, आशिष राई, सन्दिप श्रेष्ठ, जनमजय धामी, मोहित गुरुङ, कृतिस रत्न छुन्जु, सुगम सुवाल, जनग्या नकर्मी,

स्ट्राइकरः रोहित सुब्बा निरञ्जन मल्ल, रोहन खड्गी

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद