Media Network

साफ यु–२० का लागि नेपाली राष्ट्रिय टोली घोषणा


खबरस्टोरी संवाददाता

२ श्रावण २०७९,सोमबार

काठमाडौँ। भारतमा हुने यु–२० साफ च्याम्पियनसिपका  लागि नेपाली राष्ट्रिय टोली घोषणा भएको छ । टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले सोमबार बन्द प्रशिक्षणमा रहेका ३० मध्ये २३ खेलाडीलाई समेट्दै अन्तिम टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघले (एन्फा) ले बताएको हो । 

२५ जुलाई देखि २ अगस्टसम्म ओडिसामा हुने साफ यु–२० च्याम्पियनसिपमा नेपाल, भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहनेछ ।  नेपालले आफ्नो पहिलो २५ जुलाईमा माल्दिभ्स विरुद्धको खेलबाट साफ यू–२० च्याम्पियनसिपको भिडन्त गर्नेछ ।  

त्यसपछि नेपालले २७ जुलाई २७ मा श्रीलंका र ३१ जुलाईमा घरेलु टोली भारत र २ अगस्टमा बंगलादेशसँग खेल्नेछ । नेपालले समूहको अन्तिम खेल अगस्ट २ मा बंगलादेशसँग खेल्नेछ ।

साफ यू–२० का अन्तिम टोली :

गोलकिपर : ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख

डिफेन्डर : अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा

मिडफिल्डर : दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनाज्ञ नकर्मी, आयुष घलान

फरवार्ड :  दिपेश राई, निरञ्जन मल्ल, रोहन खड्गी

Share:
Reaction :
ताजा समाचार
खेलकुद