Media Network

टी–२० सिरिज : न्यूजिल्याण्डको विजयी सुरूवात


खबरस्टोरी संवाददाता

२६ श्रावण २०७९,बिहीबार

एजेन्सी । वेस्ट इण्डिजविरुद्धको टी–२० सिरिजअन्तर्गत पहिलो खेलमा न्यूजिल्याण्ड १३ रनले विजयी भएको छ ।

योसँगै तीन खेलको सिरिजमा न्यूजिल्याण्डले १–० को अग्रता लिएको छ । १८६ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले २० ओभर नै ब्याटिङ गरे पनि ७ विकेट गुमाउँदै १७२ रन मात्र बनाउन सक्यो ।

यसअघि जमैकाको किंग्सटनस्थित सविना पार्कमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनाएको थियो ।न्यूजिल्याण्ड र वेस्ट इण्डिजबीचको दोस्रो खेल शनिबार हुनेछ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद