Media Network

भरतपुरमा रेनु दाहालको निरन्तर अग्रता, नाघ्यो साढे ७ हजार मतान्तर


खबरस्टोरी संवाददाता

८ जेष्ठ २०७९,आईतवार

काठमाडौँ। भरतपुर महानगरपालिकामा गठबन्धनको साझा उम्मेदवारका तर्फबाट मेयर सत्तामा माओवादी केन्द्रकी रेनु दाहालले आफ्नो निरन्तर अग्रता बढाएकी छन् । ९० हजार बढी भोट गनिसक्दा दाहालले मतान्तर फराकिलो बनाउँदै लगेकी हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार भरतपुरमा अहिलेसम्म ९२ हजार १२८ मतगणना भैसकेको छ । जसमा रेनुले एमालेका विजय सुवेदीसँग ७ हजार ८५४ को मतान्तर बनाएकी छन् ।

रेनुले ३६ हजार २७२ भोट पाउँदा विजयले २८ हजार ४१८ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ७० मत ल्याएका छन्।

उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ३८ हजार ३८५ र राप्रपाकी हिमला गुरुङले २२ हजार ४२७ मत पाएका छन् ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद