Media Network

भरतपुरमा रेनुले सुवेदीलाई ८,१५४ मतले पछि पारिन्


खबरस्टोरी संवाददाता

८ जेष्ठ २०७९,आईतवार

काठमाडौँ । भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालले फराकिलो अग्रतालाई कायमै राखेकी छन् । ९५ हजार ३११ मत गणना हुँदा दाहाल नेकपा एमालेका विजय सुवेदी भन्दा ८,१५४ मतले अगाडि छिन् ।

दाहालले ३७ हजार ४६८ मत ल्याउँदा सुवेदीले २९ हजार ३१४ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ३५९ मत ल्याएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३९ हजार ६३९ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की हिमला गुरुङभन्दा अधिकारी १६४२७ मतले अगाडि छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद