Media Network

रौतहटका ४ स्थानीय तहमा एकीकृत समाजवादी विजयी


खबरस्टोरी संवाददाता

१० जेष्ठ २०७९,मंगलवार

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृह जिल्ला रौतहटका ४ स्थानीय तहमा सो पार्टीका उमेदवार विजयी भएका छन्  । बौधिमाई नगरपालिकाको प्रमुख र उपप्रमुखमा विजयी भईसँगै रौतहटमा नेकपा एकीकृत समाजवादीले जितेको पालिकाको संख्या चार पुगेको हो । बौधिमाई पालिकाको प्रमुखमा ४ हजार ८१० मत  प्राप्त गरेर नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रदीप यादव विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार तथा बौधिमाईका निवर्तमान प्रमुख राजीवरंजन यादवले ४ हजार ६२४ मत प्राप्त गरे ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीकै प्रमिलादेवी जयसवाल उपमेयरमा निर्वाचित भएकी छन् । उनले ४ हजार ८९४ मत प्राप्त गरिन् । उनको निकटतम प्रतिद्वन्द्वी जसपाकी सैवुन खातुनले ४ हजार ४८१ मत प्राप्त गरिन् ।

गौर नगरपालिकामा नेकपा एकीकृत समाजवादीबाट शम्भु साह, राजदेवी नगरपालिकाको प्रमुखमा भिखारी यादव र बृन्दावन नगरपालिका प्रमुखमा विनोद पटेल मनोनीत भएका छन् ।

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद