Media Network

इतिहासमा आज : भियतनाममाथि चीनको अतिक्रमणदेखि सिरियल किलर जेफ्री जेल चलानसम्म


खबरस्टोरी संवाददाता

५ फाल्गुन २०७८,बिहीबार

आज १७ फेब्रुबरी २०२२ । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटना 

कोसोभो स्वतन्त्र

सन् २००८ मा कोसोभोले स्वतन्त्र भएको घोषणा गरेको थियो । कोसोभो युद्धपछि सो क्षेत्र साइबेरियाबाट स्वतन्त्र भएको थियो ।

कुख्यात अमेरिकी सिरियल किलर जेल चलान

सन् १९९२ मा अमेरिका कुख्यात अपराधी तथा सिरियल किलर जेफ्री दाहमरलाई चेल चलान गरिएको थियो । उनीमाथि सन् १९७८ देखि सन् १९९१ को अवधिमा कम्तिमा १७ जना पुरुषको हत्या गरेको अभियोग लागेको थियो ।

भियतनाममाथि चीनको अतिक्रमण

सन् १९७९ मा भियतनामलाई चीनले अतिक्रमण गरेको थियो । भियतनाम युद्धपछि उसले चीनभन्दा पनि सोभियत युनियनसँग सम्बन्ध मजबुत बनाएको थियो । भियतनामले चीनको विरोध र भियतनामको समर्थन गरेपछि चीनले आजकै दिन दक्षिणी भियतनाम अतिक्रमण गरेको थियो ।

माइकल जोर्डनको जन्म

आजकै दिन अमेरिकाका प्रसिद्ध बास्कटबल खेलाडी माइकल जोर्डनको जन्म भएको थियो । उनको जन्म सन् १९६३ को १७ फेब्रुबरीमा न्युयोर्कको न्युयोर्क सिटीमा भएको हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद