Media Network

कलाकारसँगको भेटवार्तामा मस्त प्रचण्ड


खबरस्टोरी संवाददाता

५ फाल्गुन २०७८,बिहीबार

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग कलाकारहरुले भेटघाट गरेका छन् । प्रचण्डको सचिवालयका अनुसार उनले ले आज गायक राजेश पायल राई, कलाकार सन्दीप क्षेत्री, चेतन सापकोटा, रीता सिवाकोटी, करिश्मा ढकाल, गायिका कल्पना दाहालसँग भेटघाट गरेका हुन् ।

उनले सबै कलाकारसँग अलग-अलग भेट गरेका थिए । भेटमा कलाकारहरूले प्रचण्डसँग खुलेर आफ्नो कुरा राखेका थिए । ‘आज अध्यक्ष कमरेड प्रचण्डले गायक राजेश पायल राई, कलाकार सन्दीप क्षेत्री, चेतन सापकोटा, रीता सिवाकोटी, करिश्मा ढकाल, गायिका कल्पना दाहालसँग अलग-अलग भेटघाट गर्नुभयो । क. प्रचण्डसँग सबै कलाकर्मीहरूले खुलेर आफ्नो कुरा राख्नुभयो,’ प्रचण्ड स्वकीय सचिव गंगा दाहालले फेसबुकमा लेखेकी छन्।   




Share:
Reaction :
ताजा समाचार
खेलकुद