Media Network

बाबुराम पनि अटाए सत्ता गठबन्धनमा


खबरस्टोरी संवाददाता

२४ श्रावण २०७९,मंगलवार

काठमाडौं । सत्ता गठबन्धनमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई पनि अटाउने भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेता भट्टराई वीच आज भेटघाट भएको छ ।मंगलबार अपराह्न बालुवाटारमा भएको भेटमा काँग्रेसका सभापति समेत रहेका देउवाले डा. भट्टराई पनि पाँच दलीय सत्ता गठबन्धनमा समेट्ने बचन दिएका छन् ।

छलफलमा डा. भट्टराईलाई सँगै लिएर जान गठबन्धन तयार रहेको प्रधानमन्त्री देउवाले बचन दिए । त्यस्तै, डा. भट्टराईले पाँच दलीय गठबन्धनमा राख्न प्रस्ताव राखेपछि देउवाले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

प्रधानमन्त्री देउवाले सीट बाँडफाँड गर्न बनेको कार्यदलमा समेत डा. भट्टराई नेतृत्वको पार्टीको प्रतिनिधित्व गराउने विषयमा गठबन्धनमा सल्लाह गर्ने बचन दिएका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद