Media Network

बाबुरामको नयाँ पार्टीको केन्द्रीय समिति बैठक बस्दै


खबरस्टोरी संवाददाता

२१ श्रावण २०७९,शनिबार

काठमाडौं । डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टीबाट अलग भई गठन गरेको नयाँ पार्टी नेपाल समाजवादी पार्टीको बैठक आज बस्दैछ  । नव गठित केन्द्रीय समिति पुनर्गठन लगायतको निर्णय गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो ।

आफूहरु अलग भएको जनता समाजवादी पार्टीसहित सत्तारुढ पाँच दलले गठबन्धनबाटै आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेकाले तालमेलबारेमा पनि बैठकमा निर्णय लिइनेछ । बैठकमा आगामी निर्वाचनबारे छलफल हुनुका साथै चुनावी रणनीतिबारे आवश्यक निर्णय हुने पनि बताइएको छ ।

बैठकमा संगठन निर्माणसम्बन्धी छलफल तथा कार्यकारिणी समिति र पदाधिकारीको निर्णय, नेता तथा कार्यकर्ताहरूको कार्यविभाजन लगायतको निर्णय गर्नेछ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद