Media Network

बाबुरामलाइ प्रचण्डको प्रस्ताव चुनावी तालमेल गरौ


खबरस्टोरी संवाददाता

२६ श्रावण २०७९,बिहीबार

काठमाडौं । नयाँ नेकपा समाजवादी पार्टी गठन गरेका डा. बाबुराम भटराईलाई नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी तालमेलको प्रस्ताव राखेका छन् ।

बिहीबार नेकपा समाजवादी पार्टीका अध्यक्ष डा भट्टराईले माओवादी केन्द्रका अध्यक्ष दाहाल र अर्का नेता नारायणकाजी श्रेष्ठसँग भेट गरेका छन् ।

 हात्तीवनस्थित एक घरमा भएको तीन नेताबीच भेटमा भट्टराईले आगामी निर्वाचनमा तालमेल गर्ने प्रस्ताव राखेको भट्टराई निकट स्रोतले बताएका छन् ।बिहीबार बिहान सवा ९ बजेदेखि सवा १० बजेसम्मको भेटमा तीन नेताबीच चुनावी तालमेलका र पार्टी एकताबारे छलफल भएको उनको भनाइ छ । डा. भट्टराईले औपचारिकरुपमा आफ्नो नेतृत्वमा पार्टी गठन गरेपछि राजनीतिक भेटवार्ता अघि बढाएका हुन् ।





Share:
Reaction :
ताजा समाचार
खेलकुद