Media Network

बालुवाटारमा देउवा र ठाकुरबीच भेटवार्ता


खबरस्टोरी संवाददाता

५ श्रावण २०७९,बिहीबार

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भेटवार्ता भएको स्रोतले जनाएको छ।  प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता ऐन संशोधन सम्बन्धी विधेयक संसदमा ल्याएकोमा लोसपाका अध्यक्ष महन्थ ठाकुरले भेटका क्रममा धन्यवाद दिएको पार्टीका कार्यकारिणी सदस्य शरतसिंह भण्डारीले जानकारी दिए ।

नागरिकता विधेयककासाथै जेलमा रहेका रेशम चौधरीलगायतका कैदी-बन्दीलाई पनि रिहाइ, लगाइएको झुठा मुद्दा फिर्ताको विषयमा पनि विशेष कुराकानी भएको उनको भनाइ छ । 

बन्दी रिहाइ, मुद्दा फिर्तालगायतको विषयमा सरकारले अध्ययन थालिसकेको छ, केही दिनमै त्यसको टुंगो लगाउने कुरा पनि प्रधानमन्त्रीज्यूले गर्नुभएको छ । उक्त भेटवार्तामा सो विधेयक चाँडै पारित हुने प्रधानमन्त्री देउवाले विश्वास दिलाएको उनले बताए ।’ थप अरु कुनै विषयमा कुराकानी नभएको उनले पुष्टि गरे । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद