Media Network

चोलेन्द्रले आरोप लगाएका न्यायाधीशसहितका व्यक्तिलाई समितिले काट्यो पत्र


खबरस्टोरी संवाददाता

२९ भाद्र २०७९,बुधबार

काठमाडौं । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आरोप लगाएका व्यक्तिहरुलाई बयानका लागि पत्र काटेको छ ।

समितिले भदौ ३० गते दिउँसो ३ बजे बिहीबारका लागि बयान दिन आरोप लागेका अधिवक्ता ओमप्रकाश अर्याललाई समितिले पत्र काटेर बयानका लागि बोलाएको हो ।

यसअघि अधिवक्ता अर्यालले भदौ २८ गते नै इमेलमार्फत् निवेदन पठाएर चोलेन्द्रले लगाएका आरोपका सम्बन्धमा जिरह गर्न पाउनुपर्ने माग गरेका थिए । त्यसपछि समितिले बुधबार अधिवक्ता ओमप्रकाश अर्याल लगायतका केही व्यक्तिहरुलाई पत्र काटेर बयानका लागि बोलाएको हो ।

जबराले आरोपित गरेका सर्वोच्च अदालतका न्यायाधीशसहित अधिकांश व्यक्तिलाई बयानका लागि बिहीबार समितिको कार्यालयमा उपस्थित हुन भनिएको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद