Media Network

एमाले केन्द्रीय कमिटी बैठक सुरु


खबरस्टोरी संवाददाता

२६ मंसिर २०७८,आईतवार

काठमाडाैँ । नेकपा (एमाले) को केन्द्रीय कमिटीको दोश्रो दिनको बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भक्तपुरको जर्मन होम हस्पिटालिटीमा सुरु भएको छ । 

पहिलो दिनको बैठकले विभिन्न ९ विषयमा निर्णय गरेको र आज थप मुख्य ६ एजेण्डामा निर्णय गर्ने भएको छ । 

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले केन्द्रीय कमिटीको पहिलो दिनको बैठक १५ मध्ये ९ एजेन्डामा छलफल गरेर निर्णयमा पुगेको र आजको बैठकले केन्द्रीय कमिटीमा मनोनयन, पोलिटब्युरो गठन, स्थायी कमिटी गठन, केन्द्रीय सदस्यको कार्यविभाजनलगायत ६ एजेण्डामा छलफल गरेर निर्णय गर्ने जानकारी दिए । 

पहिलो दिनको बैठकले आगामी पुस २३ गते जिल्ला अधिवेशन र माघ ८ गते प्रदेश कमिटीको अधिवेशन, फागुन मसान्तसम्म सबै जनवर्गीय संगठनको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । त्यसैगरी, एमाले सल्लाहकार परिषद्को अध्यक्षमा नेता अमृतकुमार बोहोरालाई चयन गर्नाका साथै पार्टीको विधानमा आवश्यक सम्पादन गरी प्रकाशन गर्न र पार्टीको नियमावली संशोधन गर्न उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा नेता खगराज अधिकारी र रमेश बडाल सदस्य रहने गरी ३ सदस्यीय कार्यदल गठन गरिएको छ । 

त्यस्तै, बैठकले आगामी ५ वर्ष नेकपा (एमाले) पार्टी कार्यालय च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सञ्चालन गर्ने र ५ वर्षभित्र बल्खुमा पार्टी कार्यालयको नयाँ भवन निर्माण सम्पन्न गरेर प्रविधिमैत्री भवन बनाएर सर्ने, आगामी पुस भरिमा जिल्लामा आवश्यक तयारी गरेर माघ र फागुनभरिमा पार्टी विस्तार तथा पार्टी प्रवेश कार्यक्रम गराउँदै महाधिवेशनका सन्देशसमेत प्रवाह गर्ने अभियान चलाउने निर्णय गरेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद