Media Network

एमालेले गर्यो १० नम्बरमा दल दर्ता, यी हुन् अन्य ९ दल


खबरस्टोरी संवाददाता

२४ श्रावण २०७९,मंगलवार

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमालेले दल दर्ता गराएको हो ।

एमाले नेताहरु प्रदीप ज्ञवाली, कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय कार्यालयका मुख्यसचिव भीष्म अधिकारी लगायत आयोग पुगेर दल दर्ता गराएका हुन्।

निर्वाचन आयोगले आगामी प्रदेश र संघीय सदस्य निर्वाचनका लागि आइतबारदेखि दल दर्ताको प्रक्रिया शुरु गरेको छ ।

यी हुन् अन्य ९ दलहरु 

१.सीके राउत नेतृत्वको जनमत पार्टी 

२.मौलिक जरोकिलो पार्टी, 

३.नेपाल समावेशी पार्टी, 

४.हाम्रो नेपाली पार्टी, 

५.पुनर्जागरण पार्टी नेपाल,

६. जनता प्रगतिशील पार्टी नेपाल, 

७.राष्ट्रिय विकास पार्टी, 

८.नेकपा माओवादी समाजवादी, 

९.राष्ट्रिय नागरिक पार्टी 


Share:
Reaction :
ताजा समाचार
खेलकुद