समितिमा पूर्व सचिवहरू शरदचन्द्र पौड्याल, शंकरप्रसाद कोइराला, लक्ष्मीप्रसाद ढकाल, प्राध्यापक खङ्ग केसी, पूर्व आईजीपी प्रकाश अर्याल, सशस्त्र प्रहरीका पूर्व आईजीपी सिंहबहादुर श्रेष्ठ, समाजशास्त्री बिन्दु पोखरेल र सूचना प्रविधि विज्ञ विजय गौतम सदस्य छन् । मन्त्रालयको नीति योजना महाशाखाका सह–सचिवलाई सदस्य सचिव तोकिएको छ । सो समितिलाई ३ महिनाभित्र गृह प्रशासन सुधारका क्षेत्र तथा उपायहरूबारे अध्ययन गरेर कार्य योजना तयार गर्न कार्यादेश दिएको गृहमन्त्री श्रेष्ठले बताए ।
मूल समिति अन्तर्गत प्रहरी, सशस्त्र प्रहरी, अध्यागमन, कारागार र स्थानीय प्रशासन र सेवा प्रवाह विषयगत उप–समिति गठन गरिएको छ । समितिका संयोजक लीलामणि पौड्यालले काम सुरु गरेको जानकारी दिँदै भने– ‘समयमै सम्पादन गर्ने प्रयास रहन्छ ।’