Media Network

गायक सञ्जय श्रेष्ठ काठमाडौं–६ बाट स्वतन्त्र उमेदवारी दिने


खबरस्टोरी संवाददाता

२२ आश्विन २०७९,शनिबार

काठमाडौं । सञ्जय श्रेष्ठले काठमाडौं निर्वाचन क्षेत्र नम्बर–६ बाट स्वतन्त्र उमेदवारी दिने भएका छन् । आसन्न निर्वाचनका लागि आफूले स्वतन्त्र उमेदवारी दिन लागेको शनिबार उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

उनले प्रतिनिधिसभातर्फ आफ्नै क्षेत्र काठमाडौं–६ बाट उमेदवारी दिन लागेका हुन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा आबद्ध थिए । तर, पार्टीले उनलाई टिकट दिएन । टिकट नपाएपछि गायक श्रेष्ठले राप्रपा छोडेको घोषणा पनि गरेका छन् ।

फेसबुकमा लामो स्टाटस लेख्दै उनले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् । पार्टीभित्र आफूविरुद्ध षड्यन्त्र भएको उनको भनाइ छ ।

“क्षेत्र नम्बर–६ बाट मेरो प्रतिनिधिसभाको लागि लड्ने अडान यथावत् नै छ । भोलि म आफू पनि स्वतन्त्र रूपमा मनोनयनपत्र दाखिल गर्दै छु । राप्रपालाई यदि मजस्तो व्यक्तिको यदि आवश्यकता छैन भने मेरो भन्नु केही छैन,” उनले लेखेका छन्, “म आफैँ राप्रपा छोडेको घोषणा गर्दै छु र मजस्ता हजारौँले आब आउने दिनमा यही क्रम दोहोर्‍याउनेछन् । भोलिको दिनमा के हुन्छ भन्न सकिन्न । अहिलेको स्थितिमा देश तथा विदेशमा रहनुभएका मेरो सम्पूर्ण इष्टमित्रलगायत सम्पूर्ण सहयोगी मनहरूलाई धन्यवाद दिँदै आउँदो दिनको लागि समर्थन र साथ दिनुहुनको लागि हार्दिक अनुरोध गर्दछु ।”

Share:
Reaction :
ताजा समाचार
खेलकुद