Media Network

घरदैलोमा पर्यटनमन्त्री श्रेष्ठको प्रतिवद्धता– ’हाम्रो क्षेत्रलाई नमुना बनाउँछु’


खबरस्टोरी संवाददाता

१८ कार्तिक २०७९,शुक्रबार

काठमाडौं।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा बाम–लोकतान्त्रिक गठबन्धनबाट काठमाडौं–८ मा प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार जीवनराम श्रेष्ठले आसन्न निर्वाचन लक्षित घरदैलो अभियान सुरु गरेका छन् । बिहिबार काठमाडौंको स्वयम्भुबाट अभियान सुरु गर्दै मन्त्री श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रलाई नमुना क्षेत्रको रुपमा विकास गर्ने प्रतिवद्धता जनाए ।  

सहरलाई आवश्यक पर्ने पूर्वाधार निर्माणको काम तीव्र रुपमा अघि बढाउने प्रतिवद्धता जनाउँदै उनले  उक्त क्षेत्रलाई सांस्कृतिक तथा पर्यटकीय केन्दको रुपमा विकास गर्ने बताए । अघिल्लो कार्यकालमा पनि आफ्ना अधिकांश प्रतिवद्धता पुरा गरेको बताउनुहुँदै उहाँले संघीय संसदमा रहेर जनमुखी कानुन बनाउन तथा आफ्नो निर्वाचन क्षेत्रलाई नमुना बनाउन सक्रिय भुमिका खेल्ने बताए । शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार रपर्यटन लगायत बहुआयमिक विकासमा आफु केन्द्रित हुने उनले बताए । 

’सवै क्षेत्रसँगको सहकार्यमा व्यवस्थित र नमुना क्षेत्र बनाउन सकिन्छ’ मतदातासँगमन्त्री श्रेष्ठले भने, ’पर्यटकीय आकर्षणका योजनाहरु पनि अघि बढाउँछु ।’ घरदैलो अभियानको पहिलो दिन बिहिबार काठमाडौं–८ का भगवान पाउ, विजेश्वरी, बडेगाल, फुर्के सल्ला, तल्लो बिजेश्वरी, सशुख्वाट मार्गर डल्लु चौतारा क्षेत्रमा बाम–लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारहरुले मतदाता भेटघाट गरेका थिए ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद