Media Network

जनताले नपत्याएका एमाले र माओवादीका महासचिव


खबरस्टोरी संवाददाता

८ मंसिर २०७९,बिहीबार

काठमाडौँ । राष्ट्रिय राजनितीमा दुई ठुला अनि शक्तिशाली मानिने पदमा रहेका एमाले र माओवादीका महासचिव संसदीय निर्वाचनमा पराजित भएका छन् । 

एमालेका महासचिव शंकर पोखरेल दाङ २ मा माओवादी केन्द्रकी रेखा शर्मासँग पराजित भए भने यता लमजुङमा माओवादीका महासचिव देवप्रसाद गुरुङ एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग पराजित हुन पुगे ।

गत साल मात्रै एमाले र माओवादीको महाधिवेशनबाट महासचिवको रूपमा उदाएका दुवै नेताले संसदीय चुनावमा भने हार बेहोरेका हुन् ।

दाङमा एमालेका महासचिव पोखरेललाई माओवादीकी शर्माले १ सय ९६ मतको अन्तरले पराजित गरेकी हुन् । शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गर्दा एमाले महासचिव पोखरेलले २६ हजार ६ सय ८१ मतमात्रै प्राप्त गरेका थिए ।

उता लमजुङमा एमाले उपमहासचिव गुरुङले ३४ हजार ९ सय ६९ मत प्राप्त गरेर जित हासिल गर्दा माओवादी महासचिव गुरुङ ३ हजार १ सय ८८ मतान्तरले पराजित भए । माओवादी महासचिव गुरुङले ३१ हजार ७ सय ८१ मतमात्रै ल्याएका थिए ।

एमाले महासचिव पोखरेल यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री थिए । माओवादी महासिचव गुरुङको भने माओवादीको प्रमुख सचेतकको रूपमा संसदमा बलियो उपस्थिती रहेको थियो ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद