Media Network

कृषि उत्पादन वृद्धि विना मुलुकको आर्थिक समृद्धी असम्भव : अर्थमन्त्री शर्मा


खबरस्टोरी संवाददाता

९ आश्विन २०७९,आईतवार

जुम्ला। अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सुधारका लागि कृषि क्षेत्रको उल्लेखीय योगदान रहेको बताएका छन् । जुम्लामा आयोजित कार्यक्रमा उनले अझ कर्णाली जस्तो क्षेत्रको विकासमा कृषिको भूमिका निकै महत्वपूर्ण हुने बताए ।‘कृषि उत्पादन वृद्धि विना मुलुकको आर्थिक समृद्धी सम्भव छैन’, उनले भने, ‘किसानलाई प्रोत्साहन, सहुलियत कर्जा, उत्पादित वस्तुको बजारीकरण तथा ढुवानीमा सहुलियत दिन सरकार तयार छ ।’ अर्थमन्त्री शर्माले कर्णालीसँग समग्र मुलुकलाई नै पाल्न सक्ने सामार्थ्य भएकोले कर्णालीमा लगानी बढाउन जरुरी रहेको बताए । किसान पेन्सन कार्यक्रमलाई दुर्गममा पुराउँन, किसानलाई उपयुक्त प्रविधि मल बिउ समयमै पुराउन सरकार लागिरहेको पनि उनले बताए ।

जुम्लाको गुठीचौर गाउँपालिका–५ स्थित गुठीचौर एग्रो फार्मको उद्घाटन गर्न शनिवार जुम्ला आएका अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्रलाई उकास्न र बलियो बनाउन कृषि क्षेत्रको योग्दान महत्वपूर्ण रहेको उल्लेख गरे । उनले भने, ‘जुम्लाको स्याउ, सिमी र ओखरले नै जुम्लाको अर्थतन्त्रमा सुधार ल्याउँछ । तीनै तहका सरकारले कृषिमा युवा आकर्षित गर्ने नीति ल्याउन जरुरी छ ।’

कर्णाली कृषि, पर्यटन, जडिबुटीका हिसाबले प्रचुर सम्भावनायुक्त प्रदेश भए पनि ठोस नीति र प्रर्याप्त बजेट अभावले कर्णालीको अर्थतन्त्र सुधार नभएको उनले बताए । जुम्लाका उत्पादनलाई सहज रुपमा बजारमा पुराउन, किसानलाई सहुलियत दिन तथा बिचौलियालाई पाखा लगाउन सरकारले ठोस नीति लिने शर्माले बताए ।

कर्णालीको कृषिमा प्रर्याप्त लगानी भए कर्णालीको गरिबी पाँच वर्षमा अन्त्य हुने समेत उनको दाबी छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद