पार्टी भित्र समान अवसरको माग गर्दै संस्थापन पक्षको विरोधमा उत्रिएको शेखर पक्षका दोस्रो तहका नेताहरुको बैठक ठमेलस्थित एक होटलमा बसिरहेको छ ।
बैठकमा केन्दीय सदस्यहरु प्रतीमा गौतम, मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रकाश स्नेही उपस्थित छन् ।
बैठकमा खबरदारीको अगुवाई गरिरहेका नेता गुरुराज घिमिरे, नुवाकोटमा पूर्व जिल्ला सभापति जगदिशश्वर नरसिंह केसी सहित भुपेन्द्र जंगशाही लगायत सहभागी छन् ।
शेखर पक्षलाई प्रत्यक्ष तथा समानुपातिकमा ४० प्रतिशत उम्मेदवार नदिए विद्रोह गर्ने चेतावनी दिएको छ ।
समानुपातिक उम्मेदवार सिफारिसमा शेखर पक्षमाथि ठुलो अंकुश लागेको छ ।प्रतक्ष्य तर्फ समान अवसरको माग गरिहेको छ ।
पार्टी भित्र एकलौटी गरिए गठबन्धनका उम्मेदवारको पक्षमा मतदान नगर्ने बैठक चेतावनी दिइएको छ ।