Media Network

माओवादी बैठकमा कृष्णबहादुर महराले गरे पार्टी एकताबारे ब्रिफिङ


खबरस्टोरी संवाददाता

१३ माघ २०७९,शुक्रबार

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा उपाध्यक्ष तथा पार्टी एकताका लागि गठन कार्यदलका संयोजक कृष्णबहादुर महराले पछिल्लो प्रगतिबारे जानकारी गराएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटीको बैठकमा संयोजक महराले पार्टी एकताका लागि दलहरुसँग भएका पछिल्ला प्रयासहरुबारे बिफिङ गरेका हुन् ।

माओवादीले एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायत कम्युनिष्ट पार्टीहरुसँग एकताको प्रयास गरिरहेको छ । बाबुराम भट्टराई नेतृत्वको नेसपासँग पार्टी एकता गर्ने सहमति भइसकेको छ । नेकपा एस, विप्लवलगायतका दलहरुसँग पनि संवाद जारी राखेको छ ।

पार्टी एकताको लागि यसअघि नै महराको नेतृत्वमा महासचिव देव गुरुङ, उपमहासचिवहरु गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेतको पाँच सदस्यीय कार्यदल बनाएको थियो ।

बैठकमा पार्टीका विभिन्न विभागहरूलाई पूर्णता दिने, संगठन सुदृढीकरण र विस्तारलगायतको विषयमा छलफल जारी छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद