Media Network

निर्वाचन आचारसंहितामा हस्ताक्षर गर्न शिर्ष नेताहरु निर्वाचन आयोगमा


खबरस्टोरी संवाददाता

९ आश्विन २०७९,आईतवार

काठमाडौं । निर्वाचन आचारसंहितामा हस्ताक्षर गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितका सबै राजनीतिक दलका शीर्ष नेताहरु निर्वाचन आयोगमा उपस्थित भएका छन् ।निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे छलफल गर्न दलका शीर्ष नेताहरूलाई बोलाएको थियो ।

छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खान, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपा उमालेका उपाध्यक्ष सुवास नेम्वाङसहित १२ राजनीतिक दलका प्रमुख तथा पदाधिकारी आयोगमा उपस्थित भएका छन् ।

आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद