Media Network

प्रतिनिधि सभा बैठक बस्दै, नागरिकता विधेयक पारित गर्ने


खबरस्टोरी संवाददाता

६ श्रावण २०७९,शुक्रबार

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बस्ने छ ।

आजको बैठकमा सरकारले नागरिकता विधेयक संसदमा पारित गर्ने भएको छ । संसद् सचिवालयले प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक गर्दै विधेयक पारित हुने जनाएको हो ।आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यसपछि विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

त्यसपछि गृहमन्त्री खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियो भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

अघिल्लो सरकारले ल्याएको नागरिकता विधेयक साढे तीन वर्षपछि फिर्ता लिएर सरकारले अर्को विधेयक संसदमा लगेको हो। यो विधेयक संसदीय समितिमा नपठाई संसदबाटै पारित गर्ने सरकारको तयारी छ ।यस्तै शुक्रबारको बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको कारागार विधेयक २०७६ माथि छलफल गरी पारित गर्ने सरकारको तयारी छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद