Media Network

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची


खबरस्टोरी संवाददाता

३० भाद्र २०७९,बिहीबार

काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले न्याय परिषद् र न्याय सेवा आयोगको २०७७÷०७८ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

आजै राष्ट्रिय सभाको बैठक पनि बस्ने भएको छ । अपराह्न ३ बजे बस्ने बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद