Media Network

प्रतिनिधिसभामा प्रधानन्यायाधीश जबराको महाभियोगबारे छलफल हुने


खबरस्टोरी संवाददाता

२१ श्रावण २०७९,शनिबार

काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। कार्यसूचीमा प्रधानन्यायाधीश जबराविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल हुने उल्लेख छ। सचिवालयले शनिबार सार्वजनिक गरेको संसदको कार्यसूचीको अन्त्यमा प्रधानन्यायाधीश राणाविरुद्ध दर्ता भएको प्रस्तावमाथिको छलफल राखेको छ। राणाविरुद्धको महाअभियोग प्रस्ताव संसदमा टेबुल भएको ६ महिनापछि अघि बढ्ने भएको हो। आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रस्तावमाथि छलफल गर्ने गरी संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गर्दै गर्दा सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच पनि प्रस्ताव अघि बढाउन अनौपचारिक सहमति जुटिसकेको छ।

जवराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका थिए ।

प्रतिनिधिसभाले फागुन २२ गते महाभियोग सिफारिस समिति गठन गरेपनि छलफल अगाडि बढ्न सकेको थिएन । महाभियोग सिफारिस समितिमा विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल, मिनबहादुर विक, रामबहादुर विष्ट, यशोदा सुवेदी, रेखा शर्मा, कल्याणी खड्का, एकवाल मियाँ र प्रमोद साह सदस्य छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद