Media Network

राष्ट्रपति चयनमा राष्ट्रिय सहमती खोज्ने माओवादी केन्द्रको निर्णय


खबरस्टोरी संवाददाता

१३ माघ २०७९,शुक्रबार

काठमाडौ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमती खोज्न पहल गर्ने निर्णय गरेको छ।

दलहरुबीच राष्ट्रपति एमालेलाई दिने सत्तारुढ दलहरुको सहमतीका बीच माओवादी केन्द्रको शुक्रबार बसेको पार्टी स्थायी कमिटीले बैठकले सो निर्णय गरेको हो। पार्टीले एमाले सहितका दलहरुसँग बसेर राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमती खोज्न पहल गर्ने निर्णय छ ।

बैठकमा धेरैजसो नेताहरुले राष्ट्रिय सहमतीमै राष्ट्रपति चयन गर्नुपर्ने धारणा राखेका थिए ।बैठकमा उपमहासचिव गिरिराजमणि पोखरेलले पार्टीको स्कुलिङसम्बन्धि प्रतिवेदन पेश गरेका थिए।

बैठकले स्थायी कमिटी बैठकमा नेताहरुले उठाएको विषयलाई एकीकृत गर्न र पार्टीका केन्द्रिय कमिटीका नेताहरुको कार्यविभाजनको ठोस प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङको नेतृत्वमा उपमहासचिवहरुको टीमलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ। बिहीबारबाट सुरु भएको माओवादी केन्द्रको स्थायी समिति बैठक पर्सी १६ गते आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद