Media Network

समितिसामु जबराको बयान– सर्वोच्चको भवन ठेक्कामा ओली र पौडेलको पनि साथ


खबरस्टोरी संवाददाता

२६ भाद्र २०७९,आईतवार

काठमाडौ । निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलन्द्रशमशेर जबराले सर्वोच्च अदालतको भवन ठेक्का प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री विष्णु पौडेलको नाम मुछेका छन्। 

आइतबार महाभियोग सिफारिस समितिमा बयानका क्रममा जबराले ओली र पौडेलको सहयोगका कारण आफूले ठेक्का सदर गरेको बयान दिएका हुन्।

सर्वोच्च अदालतको भवन निर्माणका क्रममा जबराले अधिकारबाहिर गएर भवन निर्माणसम्बन्धी ठेक्का सदर गरेका थिए। तत्कालीन प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलको सहयोगले नै ठेक्का सदर गरेको जबराले बयानमा बताएका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद