Media Network

सिट बाँडफाँट कार्यदल छलफलमा जुट्यो


खबरस्टोरी संवाददाता

२६ श्रावण २०७९,बिहीबार

काठमाडौं । सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको दोस्रो बैठक आज बस्दै छ ।दिउँसो २ बजे बालुवाटारमा बैठक बस्ने कार्यदलका सदस्य सचिव केशव जोशीले जानकारी दिए । पहिलो बैठकबाट नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कार्यदल संयोजक तोकिएका थिए ।

कार्यदललाई सिट बाँडफाँटको आधार तय गरी कुन दलले कति सिट लिने सहमति गर्न भनिएको छ । यसले टुंगो लगाउन नसकेका ठाउँ भने प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताले टुंगो लगाउनेछन् ।

आजको कार्यदल बैठकमा दलहरूले आ–आफ्ना दाबी पेश गर्ने सम्भावना छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद