Media Network

सदनमा सभामुखले जब चोरी औँला देखाए...


खबरस्टोरी संवाददाता

८ श्रावण २०७९,आईतवार

काठमाडौ । आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा एमाले सांसद बिद्या भट्टराई बोल्दै थिइन् ।

उनी भन्दै थिइन्–‘सम्माननीय सभामुख महोदय, प्रारम्भिक बालविकासदेखि ८ कक्षा आधारभूत शिक्षाको अभिन्न अंगका रुपमा राज्यले स्वीकार गरेको छ । मौलिक हक अन्तर्गत रहेको शिक्षा र शिक्षा नीतिले स्पष्ट रुपमा समाविष्ट गरेको आधारभूत शिक्षाको एउटा तह बालविकासको उचित तह प्रतिस्थापन सरकारले हालसम्म पनि गर्न सकिरहेको छैन । २०७८–७९ मा बालविकासमा कार्यरत सहयोगी कार्यकर्ताहरूको प्रारम्भिक तलब न्यूनतम १५ हजार सरकारले निर्धारण गरेपनि हालसम्म निर्धारण गरेअनुसार उहाँले तलब प्राप्त गर्नुभएको छैन । नियुक्तिको समयमा ९ बजेदेखि २ बजेसम्म काम गर्ने अवधी तोकिएपनि उहाँहरुले विद्यालय र सामाजिक आवश्यकता अनुसार ९ बजेदेखि ५ बजेसम्म काम गर्नुपर्ने अनिवार्यता छ । नियमअनुसार....त्यत्तिकैमा सभामुख अग्नि सापकोटा चोरी औँलाले देखाएर भने्, ‘माननीय सदस्य तपाईँले उहाँ बोल्दा बोल्दै जानुभो । अहिले गइहाल्नुभयो आइन्दा त्यसो नगर्नुहोला’ 

सभामुखले यसो भनिरहदाँ बौल्दै गरेकी सासंद भट्टराई अलमलमा परेको जस्तै देखिन्छ आखिर सभामुखले एक्कासी औला कसलाई र किन देखाए, तर पछि उनले सभामुखको औला कसतर्फ लक्षित थियो भन्ने बुझेपछि मन्द मुस्कानसहित पुन आफ्नो भनाई राख्न तर्फ लाग्छिन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद