Media Network

ताइवन चीनको हो,अमेरिकाले आफनो गतिविधि बन्द गरोस – विप्लव


खबरस्टोरी संवाददाता

१९ श्रावण २०७९,बिहीबार

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले चीनप्रति समर्थन जनाउदै साथ ब्यक्त गरेको छ । नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले नेपाल एक चीन नीतिको पक्षमा ढृढतापूर्वक उभिएकोमा प्रसंसा गदै ‘ताइवान स्वतन्त्रता’ को मुद्दामा विप्लवको पार्टीले चीनप्रति आफनो पार्टीको दरिलो साथ रहने औपचारिक बक्तब्य दिएको हो ।

अमेरिकाले चीन स्वशासित क्षेत्र ताइवानलाई चीनबाट अलग्याउन खोजिरहेको आरोप लागिरहेका बेला नेकपाले ताइवान चीनकै क्षेत्र भएको घोािषत वक्तब्य दिएको हो ।

अमेरिकाको तल्लो सदनकी सभामुखले विवादका वीच गरेको ताइवान भ्रमणको विरोध गदैं विप्लवको पार्टीको अन्तराष्ट्रि«य विभागले अमेरिकी साम्राज्यवादले फेरि ताइवनमा घुस्न खोजेर आफनो पूरानो चरित्र फेरि नांगो रुपमा विश्वसामु देखाएको बताएको छ ।

विप्लवको पार्टीका अन्तराष्ट्रि«य विभाग सचिव आमुलले विहिबार एक प्रेस वक्तब्य जारी गदै अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवानमा गरेको भ्रमणले चीन र ताइवानबीच थप द्दन्द्द मात्रै चर्काएको छैन, एक स्वाधीन राष्ट्र«माथी अमेरिकी साम्राज्यवादले पूरानै नांगो चरित्र देखाएको बताएका छन् ।

विश्वका सबैजसो देशहरुले ताइवानलाई चीनको भूभाग मानिरहेको सन्र्दभमा एक नीन नीति विपरित भएको अमेरिकी गतिविधिको विप्लवको पार्टीले खेद ब्यक्त गरेको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद