Media Network

उपसभामुख भुसालले ४ बजे शपथ ग्रहण गर्दै


खबरस्टोरी संवाददाता

१ श्रावण २०७९,आईतवार

काठमाडौँ। उपसभामुख पदमा हालै निर्वाचित पुष्पा भुसालको आइतवार (आज ) शपथ ग्रहण हुने भएको छ । आज दिउँसो ४ बजे राष्ट्रपति निवास शीतल निवासमा  उनले पद शपथ ग्रहण गर्न लागेकी हुन्  । 

पाँच दलीय गठबन्धनको साझा उम्मेदवारको रूपमा नेपाली कांग्रेसकी सांसद भुसाल शुक्रवार उपसभामुख पदमा निर्वाचित भएकी हुन् । प्रतिपक्ष दल नेकपा एमालेकी विद्या भट्टराईलाई पराजित गर्दै उनी उपसभामुख पदमा चुनिएकी थिइन् । उनले प्रतिनिधिसभाका १ सय ४८ सांसदको समर्थन(भोट ) पाएकी थिइन् । 

 


Share:
Reaction :
ताजा समाचार
खेलकुद