यादवसँगै नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव अरुणकुमार चौधरी, भंगहा नगरपालिकाका नगर कमिटी अध्यक्ष किशोरी सिंह लगायत नेता कार्यकर्ताहरू पनि एमालेमा फर्किएका हुन् ।
महोत्तरीको रामगोपालपुरमा एमाले क्षेत्रीय समन्वय समितिले दशैं, तिहार तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यादवसहितका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेका थिए ।