Media Network

कुवेतमा दुई नेपाली युवाको मृत्यु


खबरस्टोरी संवाददाता

८ भाद्र २०७९,बुधबार

काठमाडौं । वैदेशिक रोजगारीका लागि कुवेत पुगेका दुई नेपाली युवाको मृत्यु भएको छ । रुकुम चौखाबाङ–४ का ३३ वर्षीय प्रेम बहादुर खड्का र बारा सिमरा घर भएका जीवन लामाको मृत्यु भएको हो । 

काम गर्ने क्रममा खड्काको स्क्याफोल्डीङबाट खसेर घटनास्थलमै मृत्यु भएको हो भने लामाको मंगलबार कुवेतको आदान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

खड्का कुवेतको अल सागर कम्पनीमा करिब तीन वर्ष अघि पुगेको भए पनि पछिल्लो एक वर्षदेखि पुरानो कम्पनीबाट भागेर अर्को युइसीसी कम्पनीमा अवैधानिक तरिकाले काम गर्दै आएका थिए । गत १४ अगष्टमा काम सुरु हुने बित्तिकै स्क्याफोल्डिङबाट खसेर उनको मृत्यु भएको हो । मृतकको शव फरेन्सिक डिपार्टमा रहेको र आवश्यक कानुनी प्रक्रिया पूरा गरेर नेपाल पठाइने कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।

लामाको मृत्यु भएको प्रारम्भिक जानकारी दूतावासले पाएको भन्दै उनको शव पनि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर नेपाल पठाउने तयारी भइरहेको दूतावासले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद