Media Network

खुमलटारमा प्रचण्ड र एनआरएनएका पदाधिकारीबीच भेटघाट


खबरस्टोरी संवाददाता

२८ असार २०७९,मंगलवार

 काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को एक प्रतिनिधिमण्डलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गरेको छ । 

उक्त भेटघाट प्रचण्ड निवास खुमलटारमा भएको एनआरएनएले जनाएको छ । 

प्रतिनिधिमण्डलका पदाधिकारीहरुले सरकारले प्रतिनिधि सभामा पेश गर्न लागेको नागरिकता विधेयक बारे छलफल गरेको थियो । 

उक्त अवसरमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष डा बद्रि केसी, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो लगायतका पदाधिकारीहरुले विधेयक ल्याउनको लागि सहयोग गरेकोमा प्रचण्ड र माओवादी पार्टीलाई धन्यवाद दिएका थिए । 

विधेयक अन्तिम चरणमा आइसकेकोले यसलाई पारित गराई विश्वमा रहेका सबै गैरआवासीय नेपालीहरुको भावनालाई संबोधन गर्न भेटमा उनीहरुले आग्रह गरेका थिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद